Visit Nepal 2020

Published On: Saturday, January 25, 2020 | Source: NRNA NCC NORWAY

आदरणीय नर्वेबासी नेपाली दाजुभाई दिदीबहिनीहरु,
नमस्कार !


नेपाल पर्यटन बोर्ड, नेपाली राजदुताबास डेनमार्क र नर्वे नेपाल फोरेनिंगको सहयोगमा एनआरएनए नर्वेले नेपालको पर्यटनलाई प्रवर्धन गर्ने हेतुले UTFORSK VERDEN को कार्यक्रममा आफ्नो स्टल राखेको हुँदा कम्तिमा एक जना बिदेशी (प्रमुख लक्षित समुह नर्वेजियन) सहित स्टल F3 क्षेत्रमा भ्रमण गर्नु हुन अनुरोध गर्दछौ। साथै बिदेशीहरुको लागी पुरस्कार व्यवस्था सहितको quiz contest पनि राखीएको छ जुन लक्की ड्र द्वारा खोलिन्छ। यसको अलावा पर्यटन प्रवर्धन सम्बन्धि सूचना प्रवाह, सेमिनार आयोजनाका साथै नेपाली नाच र भिडियो क्लिप्स देखाइन्छ।

 

मिति र समय: २५ र २६ जनवरी १०:०० बाट १७:०० बजे सम्म

प्रवेश: निशुल्क
स्टल नं : F3
स्थान: Radisson Blu Scandinavia Hotel, Holbergs gt. 30, 0166 Oslo.

सेमिनार: Reiser i natur og kultur i Nepal - Marit Bakke
२६ जनवरी समय १५:०० बजे कोठा नं १