नव वर्ष २०७६ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना

Event Date: 06 Apr 2019 | Source: NRNA NORWAY
गैर आवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद, नर्वेले नववर्ष २०७६ सालको अवसरमा शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने भएको छ I आफ्नो परम्परालाई कायम राख्दै आयोजना गर्न लागिएको शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई उपस्थितिकोलागि हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौ I
स्थान: NRNA कार्यालय, Selma Ellefsens vei 2, 0581 Oslo
मिति: शनिबार, ६ अप्रिल २०१९
समय: १२:०० बजे
हामीहरुबीच बिकास भएको सकारात्मक आपसी सम्बन्ध, सौहार्द्र वातावरण, परस्पर सहयोग अनि सद्भावलाई कायम राखी नयाँ वर्ष २०७६ पनि अझै सफल र सुखद रहने बिश्वास राख्दै गैर आवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद, नर्वे हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछI